
बुवाको सम्झनामा छोरीको कविता
बसुधा अधिकारी
मित्थ्या लाग्छ जगत यो, तिमी छैनौ भन्छ
अनमोल माया किन हो अमिट् छाप बन्छ
पिता, गुरु र साथी सवैका थियौ नि
तस्विरवाटै पनि उहि उर्जा मिल्छ ।
ती फुलबारी ढकमक, कसरी सम्हालु ?
आशातित मन ती कसरी बुझाउँ ?
साच््चै तिमी कहा छौ, के कस्तो छ हाल ?
एक्कै अंगालो र स्पर्श कसरी म पाउँ ?
अदृश्य छौ तर पनि, तिमी सर्बब्यापी
आशिष, स्पर्श र माया सब लुप्त राखी
नियास्रो अति नै भैगो, जगत शुन्य शुन्य भो
नमन हरक्षण ती पाउमा, साष्टाड्ग शीर राखी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
सुन्दर