
विवाहपछि आमासँग गुनासो
पुस्पा केसी (रिजाल)
आमा
अहिले म भन्ने गर्छु
त्यो बालापन अनि त्यो चुलबुले स्वभाव
मलाई त्यही सम्झनामा डुब्न मन लाग्यो ।
आमा
भन्ने गर्थेँ, तिमीलाई छोडेर
विवाह गरेर
म कहीं कतै कहिले जाँदिन
तर
बिडम्बना
जानैपर्ने
तिमीले विदाई गर्नैपर्ने
संसारको रीत रहेछ ।

आमा
भन्थ्यौ
विवाहपछि
एक परिवारबाट अर्को परिवार छोडेर
दुई परिवार हुन्छ
जिन्दगी रमाइलो हुन्छ
नयाँ सदस्यको मन विचार सबै रमणीय हुन्छ
हेर त छोरी
म कति खुसी छु
तिमी पनि यस्तै संसारमा रम्ने छौ ।
आमा
तर होइन रहेछ
यहाँ सबैको मन बुझाउन गारो हुँदो रहेछ
ऊ रिसाउला
ऊ दुःखी होला
भन्दाभन्दै आफू खुसी हुन बिर्सिँदोरहेछ
बुहारीलाई पनि छोरीलाई जस्तै
व्यवहार गर्नुपर्छ भन्ने कुरा मात्र रहेछ ।
आमा
तिमीलाई थाहा हुँदाहुँदै पनि
किन मलाई यस्तो जन्जलमा पार्यौ ?
किन तिमीले मलाई दाजुलाई जस्तै
तिम्रो साथमा राख्ने नियम बनाउन सकिनौ ?
आमा
आउने दिनहरुमा
तिमी र म मिलेर आवाज उठाउनु पर्छ है
छोरीले पनि छोराले जस्तै अंश खाएर
ज्वाइँलाई घरमा ल्याएर
निर्धक्क बस्ने नियम बनाऔं सरकार भन्नुपर्छ है ।
आमा
… अनि बल्ल विवाह गरी गएका हरेक नेपाली चेलीहरुको मुहारमा
खुसी छाउनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)