चल्दाचल्दै धड्कन पनि अड्किए झैँ लाग्छ सानी

शान्ता भुसाल
ति.न.पा ४, रुपन्देही

गहिरो प्रीत लगाएर तर्किए झै लाग्छ सानी
बोलिपिच्छे आजभोलि झर्किए झै लाग्छ सानी ।

बेचैनी छ दिनमा अचेल, रातमा पनि तेस्तै
मलिन देख्दा टेक्ने जमिन चर्किए झै लाग्छ सानी ।

मजबुरीको बहानामा बढाउँदै गर्दा दुरी
आँखाबाट पिडाहरु दर्किए झै लाग्छ सानी ।

अधुरो त्यो प्रेम लिला, गाठो परी मुटुभित्र
चल्दाचल्दै धड्कन पनि अड्किए झै लाग्छ सानी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button