गहभरी आँसु राखी मुस्कान भर्नु पर्दो रैछ

आँसु!

दुर्गा शर्मा

आँसुले पोल्छ भन्थे, शितल पनि हुँदो रैछ ।
दुख, पिडा, खुसी संगै आँसु पनि बग्दो रैछ ।।

कैले हर्ष, कैले पीडा, कैले आक्रोश पोख्दा पोख्दै आँसु बग्दो रैछ ।
तै आँसुले मनको वेथा शितल पार्दो रैछ ।।

गहभरी आँसु राखी मुस्कान भर्नु पर्दो रैछ ।
तै आँसुले कुनै बेला शितल पार्दो रैछ ।

दुख पर्दा आउँछ आँसु बढी रिसमा पनि ।
खुसी खबर सुन्दा पनि आँसु आउने तनि ।।

आँसु आउने दुखसुख, डाहा, ईष्र्या, पिर पर्दा पनि ।
जेसुकै भए पनि आँसु झरे मन शितल हुने तनि ।।

जिवनको भरपर्दो आँसु एउटा शखी हैछ ।
तै शखिको सहारा नै चित्त बुझाउने कडि रैछ ।।

आँसुले पोल्छ भन्थे, शितल पनि हुने रैछ ।
तै आँसुको सहाराले जीवन देख्न पाईदो रैछ ।।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button