धेरैमध्येको मेरो एक छनोट हौ तिमी, मलाई असाध्य मनपर्ने बनोट हौ तिमी

पवनकुमार बुढाथोकी

आनन्द लाग्छ प्रियाको सौन्दर्यमा चर्न
आफुले चाहेको रुप रङ्ग उनैकोमा भर्न
आफ्लाई मन परेकी रूप र बानी सङ्ग त
रमाइलो लाग्छ चौतारीमा हातेमालो झर्न ।

धेरै मध्येको मेरो एक छनोट हौ तिमी
मलाई असाध्य मनपर्ने बनोट हौ तिमी
अन्त कतै नगई नजिक नै बस्दे हुन्थ्यो
मेरो निस्वार्थ प्रेमको नै जनोट हौ तिमी ।

दुबैले एक अर्कामा मायालु फूल बर्षाउँ
हुन्न भन्ने शब्द कतै छन भने दुबैले तर्साउँ
आखिर, इश्वरकै सृजना नै हौँ हामी पनि
एक अर्कालाई समर्पणको भावले नै पर्साउँ ।

दुबैका हृदयमा छाप पर्ने गरि हामीले लेखौँ
दुइ ज्यान एक प्राण सोर्ह बर्षकै जस्तो देखौँ
हामीलाई ब्यबधान पुराउन कोही न आओस्
ढुक्कसँग एक आपसलाई न्यानो मायाले सेकौँ ।

सम्झौँ, हामी दुई एक अर्काका त अ्मृत पानी नै हो
म तिम्रो मनपर्ने राजा तिमी मेरो लागि बन्ने रानी नै हो
दुइको मन मुटु र भावना एक भएपछि त सबै जुट्छ नै
थाहा छ, मैले चिताएको सबै निकाल्ने तिमी खानी नै हौ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button