आपसको प्रेमलाई फेसबुकमा लेखी, मनाउँछौँ प्रेम दिवस विदेशीको सिकी

कविता

गोमा गौतम

कस्तो हो र प्रेम दिवस, माया देखाउने
भित्र पिडा हुँदाहुँदै बाहिर लेखाउने ।

आपसको प्रेमलाई फेसबुकमा लेखी
मनाउछौँ प्रेम दिवस विदेशीको सिकी ।

दाइजो भन्दै श्रीमती राख्छन् कुटिकुटी
त्यति मात्र कहाँ हो र मट्टितेलमा भुटी ।

तिनै हामी फेसबुकमा फोटा राख्ने सान
सान देखाइ ठान्छौ अझै पाइन्छ कि मान ।

सबै मिलाई परिवारलाई सधैं भरी राखौँ
एक दिन मात्र फोटा राखी फेसबुक नढाकौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button