उता कोइली पनि हाम्रै प्रेमकहानी कोर्दै होला कतै
डोेरबहादुर केसी
शिशिरले भर्खर कत्ला फ्याँकेर
वसन्तले आभूषण खोज्दै गर्दा
गुलाफ पनि हामीलाई हेरेर मन्द मुस्कुराउँदै छ
उता कोइली पनि हाम्रै प्रेमकहानी कोर्दै होला कतै
वसन्तको छालले हाम्रो प्रेम पनि विष्फोट भएर आयो आज
प्यारी, प्रणय दिवसको शुभकामना ।
भौतारिँदै हिँडेको एक्लो यात्री
बाटोमै तिम्रो साथ मिलेको छ
उकाली–ओरालीमा सधैं
तिम्रो दर्हो हात मिलेको छ
दुवै मुटु अब एकसाथ मिलेको छ
प्यारी, प्रणय दिवसको शुभकामना ।
हाम्रो अनन्त यात्रामा अगाडि बढ्दा
हामीले सयौं भिमकाय पहाडहरू फोर्नु छ
कैयौं जँघारहरू सँगसँगै तर्नु छ
जे जे गर्नेु छ आखिर तिम्रो साथले त गर्नु छ
प्यारी, प्रणय दिवसको शुभकामना ।
हाम्रो प्रेमको बखान गर्ने
मसँग धेरै शब्द भकारी पनि छैन
धेरै शब्द जालमा रमाउने
म शब्दअलंकारी पनि त आखिर हैन
हाम्रो प्रेममा छड्के नजरले हेर्ने
संसारमा कुनै दुष्मन सरोकारी पनि त छैन
वस्, हाम्रो प्रेम अजर छ
हाम्रो अमर छ
भगवानप्रति पूर्ण भरोसा पनि छ
प्यारी, प्रणय दिवसको शुभकामना ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)