कस्ता हुन्छन् यी भिआइपि भनेका ? भातै खाने हुन्छन् कि देश खान जानेका ?
लक्ष्मी मैनाली पाठक
जब जब भिआइपि सवार हुन थाल्छन्
सडक सबै खाली गर्न लाउँछन् ।
कस्ता हुन्छन् यी भिआइपि भनेका ?
भातै खाने हुन्छन् कि देश खान जानेका ?
नगरौँ त डिउटी, जागीर खोसिखान्छन्
गरौँ त डिउटी किन गरिस् भन्छन् ।
ऊ पनि त राष्ट्रकै डिउटी गर्दै थियो
हजारौं रोगीहरुको प्राण भर्दै थियो ।
गर्न त दुवैले गरेकै हुन् डिउटी
आ–आफ्नो क्षेत्र मानेकै हुन् अति ।
कस्ता हुन् देशका विशिष्ट ब्यक्ति
एकैछिन रोकिँदा समस्या अनगिन्ती ।
राष्ट्रकै लागि लड्या भन्छन् फेरि
के नै बिग्रिजान्थ्यो थोरै कुर्दा खेरि ?
बुझ्दैनौ किन विशिष्ट ब्यक्ति
देशैको किन उडाउदै छौ धज्जी ?
नियम चल्छन् ठुलैको सारमा
जसो गरे नि यिनै जन छन् मारमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)