
ओइलिँदै थियो यो मेरो देह, अहिले पो झन जाग्यो
मातृका भण्डारी ‘मुना‘
भावीले दिएको कर्मको साँचो लिएर मन भाग्यो
ओइलिँदै थियो यो मेरो देह, अहिले पो झन जाग्यो ।
देखिन्न रैछ कर्मको खेल ईश्वरले लेखेको
यो मनभित्र भाबनाहरु पर्दाले छेकेको ।
अतितलाई फर्केर हेर्दा गरेछु कस्तो भूल
बैंसको जोसमा बगैंचाभित्र फुलेथ्यो एउटा फूल ।
त्यो फूलदेखि भमराहरु छेकेर घुम्दथे
स्पर्श नपाई नजरको प्यास मेटेर फर्कन्थे ।
गङ्गाजल सरी अस्तित्व मेरो कसरी पोखौँला
समाजको बन्धन तोडेर फेरि म कहाँ जाउँला ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)