
दुई दिलको एकै धड्कन सधैं सुन्न पाउँ

गजल
सुलोचना न्यौपाने
कहाँ होला प्रेम जोडी मन मिल्ने ठाउँ
अंगालोमा बाँधिएर सँगसँगै जाउँ ।
तिमी हामी सधैंभरि सँगै हुन पाउने
आउ न प्रिय यस्तै मिठा वाचाकसम खाउँ ।
नासिएर नसकिने अजम्बरी माया
दुई दिलको एकै धड्कन सधैं सुन्न पाउँ ।
तन मन सबैतिर तिमी व्याप्त छाउ
प्यारो न्यानो स्पर्शमा सँगै हामी रमाउँ ।
माया पिरतीका भाका जीवनको चाहा
हामी बाँच्ने संसारलाई प्रेमिल बनाउँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



