कमलराज खम्बु राई आने स्मृतिगन्थ्र लोकार्पणसँगै वृत्तचित्र पनि
प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा पत्रकार ‘कमलराज खम्बु राई आने स्मृतिगन्थ्र’ लोकार्पण भएको छ ।
पत्रकार कमलराज खम्बु राई आनेको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सो स्मृतिगन्थ्रको लोकार्पण गरेका हुन् ।
प्रभाव दैनिक तथा खासखबर साप्ताहिकका सम्पादक कमलराज राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पनि हुन् । उनको २०७८ साल माघ २० गते हृदयघात भई निधन भएको थियो ।
पत्रकार साहित्यकार श्रीराम राईले लोकार्पित स्मृति ग्रन्थको समीक्षात्मक टिप्पणी गरेका थिए । उनले पत्रकार कमलराज खम्बु राई आने उद्धारताको धनी, कामप्रति जिम्मेवार र संघर्षशील रहेको बताए । उनले स्मृतिगन्थ्र पत्रकारको जीवन शैली र पत्रकारितासम्बन्धी बुझ्न चाहनेका लागि निकै उपयोगी भएको पनि बताए ।
पत्रकार खम्बुका जीवनसँगिनी लालसरा राईले प्रकाशन गरेको उक्त स्मृतिग्रन्थको सम्पादन डा. सुकराज राई, डा.धनप्रसाद सुवेदी, जीवनजीत राई एस खम्बु र विकास राई सौगातले गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदी, पूर्व सांसद् टंक राई, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख चिरञ्जीवी खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रभाव पब्लिकेसनका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा कमलराज राईको जीवनमा आधारित वृत्तचित्र पनि देखाइएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम बिडारीले कमलराजसँगको संस्मरण सुनाए । हामी २०५६ सालमा रत्न राज्यलक्ष्मी क्याम्पसमा रात्रिकक्षमा पत्रकारितामा आईए पढ्थ्यौ। हाम्रो २२ वर्ष जति सहकार्य भयो । अहिले त्यहीं क्याम्पसमा विए दोस्रो र तेस्रोका वर्षका विद्यार्थीलाई पढाउन जाँदा त्यतिबेलाको झल्को आउँछ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सूर्य सुवेदीले हरेक क्षेत्रमा प्रसिद्धि कमाएको सहयोद्धाको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पु-याएको बताए ।
सम्पादकमण्डलको तर्फबाट डा. सुखराज राई पत्रकारिता तथा समाजसेवाको क्षेत्रमा कहलिएका व्यक्तिको स्मृतिग्रन्थ पठनीय बनाउन सक्दो कोसिस गरेको बताए ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख चिरञ्जीवी खनालले कमलराज इमानदार विद्यार्थी भएको बताए । उनले भने, ‘उनी अत्यन्तै इमानदार र काममा जिम्मेवार विद्यार्थी हुन् । उनी काममा सधैं खटिरहन्थे। मैले उनलाई स्वास्थ्यमा ख्याल गर्नू र कहिल्यै पढ्न नछोड्नू भन्दै सम्झाएको थिएँ ।’
उनले स्मृतिगन्थ्र पत्रकारको जीवन शैली बुझ्न र पत्रकारिताबारे बुझ्न चाहने विद्यार्थीका लागि निकै उपयोगी भएको पनि बताए ।
पूर्व सांसद् टंक राईले कमलराज संघर्षको पर्याय भएको बताए । उनी संघर्षका पर्याय हुन्।उनले कुखुरापालनदेखि फोहोरमैला व्यवस्थापनको पनि काम भियाएका छन्। हामीले केही समय एउटै मिसनमा पत्रकारिता ग-यौ । त्यतिबेला अहिले जस्तो छयासछयास्ती अनलाइन पत्रपत्रिका थिएनन् । धेरै दुख गर्नुपर्थ्यो तर उनले कहिल्यै हार खाएनन् ।’
प्रमुख अतिथि रामहरि खतिवडाले सबै कुरा बँचाए मात्रै देश बन्ने कुरा बताए । उनले भने, ‘एकपक्षी भएर देश बन्दैन । कमलराज भाषा,संस्कार र संस्कृति सबै कुरा बँचाउनुपर्छ भन्थे । उनले मरेर बाँच्नु काम गरेका छन् ।’
कार्यक्रम कमलराज राईको जीवनसँगिनी लालसरा राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)