तिमी मेरो मुटु, तिमी धड्कन भन्थ्यौ, कता हरायो अहिले त्यो मायालुपन ?
तीन मुक्तक
देवेन्द्र बजगाई
दुहबी, सुनसरी
अविरल छ आँसु ,पीडा बढ्यो झन
पत्थर झै कठोर भो, किन तिम्रो मन
तिम्रा आँसु सबै, मलाई देऊ भन्थ्यौ
कता हरायो अहिले, त्यो आत्मीयपन ।
तिरस्कारको शिकार, मुटु दुख्छ झन
प्रेम भाव विहीन, कस्तो तिम्रो मन
तिम्रा सारा खुशी, मेरै खुशी भन्थ्यौ
कता हरायो अहिले, त्यो अपनत्वपन ।
चोट लागे मलाई, दुख्थ्यो तिम्लाई झन
नौनी जस्तो कोमल, थियो तिम्रो मन
तिमी मेरो मुटु, तिमी धड्कन भन्थ्यौ
कता हरायो अहिले, त्यो मायालुपन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)