अब हामी चुपचापको यात्रा थाल्ने छौं, हृदयमा बत्ती बाल्ने छौं
कविताः हल्लाको अन्त्य !
पेशल आचार्य
चुपचापको सुरुआत
हल्लाको अन्त्य
नागरिकले चाहेको शैली
जति जोगी आए पनि कानै चिरिएका
उखानको सार्थकता !
यो उहिलेदेखि चलिआएको हो
जे रह्यो त्यो देखियो
धेरैले चुपचापको अन्त्य
र हल्लाको सुरुआत
गरेको देखियो ।
यतिखेर
जनतालाई
काम चाहिएको छ
मात्र काम
बरु माम त्यसपछि
मामका लागि अनवरत काम
आत्मनिर्भर हुने कृषि
उद्योग र कलकारखाना
निर्यात र आर्थिक सम्वृद्धि !
अब हामी
चुपचापको यात्रा थाल्ने छौं
अब हामी हृदयमा बत्ती बाल्ने छौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)