पिताप्रति समर्पित सपनाको ‘शिल्पाञ्जली’ प्रदर्शनमा

प्रीति आत्रेय ज्ञवाली

प्रज्ञा कुञ्ज माध्यमिक विद्यालयकी निर्देशक सपना खरेलले आफ्नो कीर्तिशेष पिता दयाराम खरेलको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर आफ्नो पुष्प सजावटको शिल्पकला प्रस्तुत गर्नुभएको छ । शिल्पाञ्जली नाम दिइएको उक्त प्रदर्शनीमा सपनाले आफू जापानमा रहँदा सिकेको सिकाइ र अनुभवलाई समेटेर जापानी शैलीगत पुष्प सजावट गर्ने कलालाई प्रस्तुत गर्नुभएको हो ।

माघ १३ देखि १७ सम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति किरण मानन्धरबाट सम्पन्न भएको थियो । आफ्नो मन्तव्यका क्रममा मानन्धरले आधुनिक समाजमा चित्रकलाको भूमिकामा नारीको हुँदै गरेको पहलबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै मन्तव्यमा काठमाडौँ विश्वविद्यालयका प्रा. भीमप्रसाद श्रेष्ठले सपना खरेलका चित्रमा नेपाल र जापानका विशेषता झल्कनुले युगीन चेतनाको झल्को दिने कुरा व्यक्त गर्नुभयो । त्यस्तै जापानी दूतावासकी सांस्कृतिक अधिकृत सातो मायोकुले, कलाकारिताको प्रशंसा गर्दै जापानी कलाकारितालाई नेपालमा पनि स्थान दिएकोमा सपना खरेललाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै इन्जिनियर्स विद आउट बोर्डर्सका अध्यक्ष कपिलदेव रेग्मीले कला-संगीतको महत्वबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबै अतिथिजनहरूमा धन्यवादज्ञापन गर्नुभएको थियो ।

अस्मि कार्की र अनुष्का रेग्मीको सहसंचानमा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य चित्रकार सपना खरेरलले स्वयं गर्नुभएको थियो । कार्यक्रममा ललितकला एवं चित्रसँग सम्बन्धित विशेष व्यक्तिहरूको सहभागिता भएको उक्त कार्यक्रममा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यगोल्डेन गेट कलेजका निर्देशक सम्झना खरेल आदिको विशेष उपस्थिति रहेको थियो । ५ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा चित्र बिक्री भई प्राप्त हुने रकम आगामी दिनमा कुनै परोपकारी कार्यमा प्रयोग हुने कुराको जानकारी पनि कार्यक्रममा सपना खरेलले गर्नुभएको थियो ।

प्रदर्शनी मंगलवारसम्म चल्नेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button