‘मसँग केही जवाफ छैन, म अनागरिक’
मान्छे किताब हाे । संसारका दुरूह किताबमा मानिसकाे गणना हुन्छ । सजिला, रसिला, क्लिष्ट र सबै खाले किताब मान्छे भएकाले नेपालनाम्चामा याे स्तम्भ 'मान्छे' सुरू भयाे । अनायासै सुरू भएकाे यसकाे शैली हदै अनाैपचारिक हुनेछ । फिलिङ्गहरू यहाँ समेटिनेछन् । याे कहिले दिनहुँ हुनेछ भने कहिले हप्ताकाे एकपटक । यसकाे एउटै नियम छ कि यसकाे कुनै नियम नै छैन । देखेकाे, भाेगेकाे, पढेकाे र सुनेकाे कुरा मान्छेमा लेखिन्छ । -सं
कविताः अब किट्टी हानुम्
पेशल आचार्य
गरिब देशमा
चार चार उप प्रधानमन्त्री बनाउँदा
जनता भन्थे
उप हैन अब चुप बनाऊ
समयले एकजनालाई चुप नै बनायो
जाँदाजाँदै उनले भने
मसँग केही जवाफ छैन
म अनागरिक
तर अदालतको फैसला मान्छु ।
यस्तो भयो कि
बिहे भएपछि
विवाह दर्ता रद्द भयो
यस्तो भयो कि
सन्तान भइसकेपछि
फेरि पारपाचुके भयो ।
राजनीति खेलाँची होइन
राजनीति आफूखुसी खेल होइन
यसका तपसिलका नीतिनियम हुन्छन्
यसका आफ्ना रोहबरका लक्ष्मण रेखा समेत हुन्छन्
यसरी नै यो सनातनदेखि चलिरहेको छ ।
पुरानाले भाषण गरेर
दिक्क लगाएका थिए
नयाँ आए
जनतामा नयाँ आशा पलायो
तर उही भाषणको शैली सुरु भयो ।
चुपचाप काम चाहिएको देशमा
जो पनि भाषण गर्ने
जहिले पनि भाषण गर्ने
आजित भए जनता
दिक्कवाक्क भए जनता
अनि भने नबोल खुरुखुरु काम गर ।
हिजो चारचार उप थिए
जनता घुमाउरो शैलीमा भन्थे
चार भए अब कलब्रेक खेल्छन्
एकजना गए
बाँकीले भन्नेछन्
तीन भयौं
अब किट्टी हानुम् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
कविता राम्रो लाग्यो ।