तिम्रो क्रान्तिको दियो बल्दै गर्दा मेरो घरको चुलो निभ्यो

क्रान्ति

सरोज भण्डारी

तिम्रो क्रान्तिको दियो बल्दै गर्दा
मेरो घरको चुलो निभ्यो
आँधीका वेग जसरी लम्किएका तिम्रा जनयुद्धले
मेरो घरको मुलथाम भाँचियो
तिम्रो क्रान्तिलाई लालसलाम !

मध्यरात क्रान्तिका लागि घरमाथि
हुँदै लगेका मुलथामको बाटो
आमा अझै पनि आँखा डुलाउँछिन्
तिम्रा क्रान्ति सिंहदरबार छिरेर
संविधान लेख्दा …
मेरी आमा न्याय खेजिरहिन्
न्यायपालिका फितलो लागेर कार्यपालिका
धाएका उनका आँखा
कालो कोटमा धारिलो हतियार
सोझिएका देख्दा मेरो मोहले
उन बोली फुटेनन्
तिम्रो क्रान्तिलाई लालसलाम !

केर्दै गरेका कलम खोसी
हतियार थमाएर होला
सायद तिम्रा कानुन बलियो भएका होला
कोर्दै गेरेका निलो मसी
रातोमा बद्लिएर होला
हँसिया हतौडा छोडी
तिम्रो क्रान्ति सुर्यमा अडिइरह्यो
हत्यारा तिमी सुर्यको रापले पोलिरह्यो
तिम्रो क्रान्तिलाई लालसलाम !

शहरी रवाफ होमिएर तिम्रा क्रान्तिले
मेरा घरगाउँका खोला तरेनन्
तर अझै पनि तिम्रा क्रान्तिका लागि
मेरा बुढाबाले लौरी लेर तारिरहे
कैर्दै गरेका पाना खोसिएर होला
अन्धो कानुनका छाला ओढिरहे
म परदेशिएर होला
तिम्रो क्रान्तिको अहंकार बढिरहे
तिम्रो क्रान्तिलाई लालसलाम !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button