प्रश्नैप्रश्नको चाङबाट वादविवाद आफ्नै मनमा, छान्न खोज्छु चित्त बुझ्ने उत्तर

अपत्यारिलो आश

सुस्मिता अधिकारी

विकासको आशमा नया विकल्पको चयनमा
लाग्दैछ थुप्रो आज शंकाको
जरादेखि टुप्पोको प्रणाली सुधारमा
होला कि नहोला सकरात्मक परिवर्तनको ।

अनौठो सभ्यता सकिन छुट्याउन
कसले कसलाई बदलिदियो
या बदल्यो शक्ति र पदले व्यक्तिलाई
या विचारलाई कुर्शि मोहले ।

क्षेत्र बढ्यो स्वार्थ र फाइदाको
साहसका आवजलाई मौनताले ढाकिदियो
दोधारे मनले फेरी विकल्प देख्छ
होउ विदेश पलायन या होउ समय अनुसारको ।

प्रश्नै प्रश्नहरुको चाङबाट
हुन्छ वादविवाद आफ्नै मनमा
छान्न खोज्छु चित्त बुझ्ने उत्तर
देशभक्ति र मानव धर्म सम्बन्धमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button