त्राहिमाम! हर हर महादेव
त्राहिमाम
अर्जुन दाहाल
एक दिन भुत, प्रेत र पिशाच
नन्दी, भृङ्गी योगिनी, सम्पूर्ण प्रथम गण मिली
भगवान शिवजीलाई सोधे
“महादेव, हजुरको प्रिय शब्द के हो ?”
महादेवले मुस्कुराएर भने
“त्राहिमाम!”
सबैले पुन: प्रश्न गरे
किन महादेव ?
महादेवले हासेर उत्तर दिए
“डर आवश्यक छ,
कहिल्यै भक्ति नगर्ने पनि
डरले भगवानको शरण पर्छ ।”
सबैले मिली जोडले कराए
“महादेवको उच्च विचार”
पुनः कराए
“त्राहिमाम! हर हर महादेव ।”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)