रुक्मिणी म होइन, राधा हुनै सक्दिन, मीरा हुने क्षमता छैन, गोपिनी हुन चाहन्न

कविता राणा

तिमी रुक्मिणीसँग छौ, राधाको हौ
गोपिनीसँग रमाउँछौ अनि म ?
रुक्मिणी म होइन, राधा म हुनै सक्दिन
मीरा हुने क्षमता छैन, गोपिनी म हुन चाहन्न
फेरि को हुँ म तिम्रो कृष्ण ?
कलियुगमा कविताको कल्याण गरी
सतयुगी ईतिहास दोहर्यायौ द्रोपदी वस्त्रहरणको
द्रौपद्री न पत्नी न प्रेमिका न गोपिनी
फेरि पनि अलौकिक प्रेम थियो एक–आपसमा तिनीहरुको
आध्यात्मिक सखा थिइन तिनी कृष्णको
सायद मेरो पनि सखा हौ तिमी आध्यात्मिक संसारको ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button