पोखरा ट्रेजेडीपछि विदेश बस्ने नेपालीले भावुक भएर लेखे, ‘कोहि आफ्नासँगै गए, कोहि आफ्नालाई छोडेर गए’

सेती रोयो

सुशील लामा
पाँचखाल, काभ्रे, हालः लिमासोल, साइप्रस

गाउँदा गाउँदै
उनको आवाज खोस्यो
बजाउँदा बजाउँदै
उनको गिटारको तार छिन्यो ।

डालो भरी खुशी बोकेर आको थियो
आफन्तलाई
खुशी बाँडफाँड गर्न नपाउँदै
आधा बाटोमा घोप्टियो
बिरामीको सेवा उस्को पेसा
आफुले आफैलाई केही गर्न सकेन
उनले बोक्ने स्टेथकोप पर्खी रहेको छ
अब उनी फर्केर कहिल्यै आउँदैन्न ।

टाढाको देशदेखि
गो टु नेपाल पोस्ट गर्दै आएको उनको
अधुरो घुम्ने सपना
बीचैमा बिचल्ली भएर रोकियो
रातको जंगलजस्तै भयावह स्थिति
सेती अत्तालियो
सेती बिलौना गरेर रोयो
छेवैमा उभिएको माछापुच्छ्रे
सेतो हिँउँको आँशु बगाउँदै
स्तब्ध भएर मौन धारण गर्न बाध्य भयो ।

फेवा आँशुको बाँध बाँधेर
शोकाकुल परिवारलाई शोक शक्तिमा बदल्नु भन्दै
मा बाराहीसँग
कोटि कोटि प्रार्थना गरिरह्यो ।

सेती खोंचैखोंच बग्दै
रगत मिस्सिएको पानी बोकी
बगिरहे बगिरह्यो
सेती अत्तालियो
सेती बिलौना गरेर रोयो ।

जीवन सत्य
मृत्यु झनै शाश्वत सत्य
अचानक भैपरी आएको शाश्वत सत्यसँग
कोहि आफ्नासँगै गए
कोहि आफ्नालाई छोडेर गए ।

जाने त गए
नजानेहरुको आँखा आँशुले भरेर गए
जीवनभरी निको नहुने दीर्घ रोग
मुटुभरी नदेखेनी घाउ दिएर गए ।

निमेश भरमै
उजाड भए
आँशुको कथा लेखेर गए
सेत्ती अत्तालिए
सेती बिलौना गरेर रोए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button