आमाबा रुँदा हुन् भक्कानो छोडी, सन्तान रुँदा हुन् खै बाबाआमा भनी

सपना अधुरै रहे

दुर्गा कार्की

तिम्रा सारा सपना धुवाँ भै उडे
असह्य वेदनामा परिवारजन डुबे
सुन्नेलाई यो छटपटी कति हो पीडा
आफन्त गुमाउनेको त खै के कुरा
मृत्यु त व्यहोर्नै पर्थ्यो जन्म लिएपछि
अकाल मृत्युले गयौ खै काल गति
आमाबा रुँदा हुन् भक्कानो छोडी
सन्तान रुँदा हुन खै बाबाआमा भनी
दाजुका छुटे होलान् भाइ दिदीबैनी
भाइबैनी खोज्दा हुन् दाइदिदी सम्झी
रुँदा हुन साथीभाइ भक्कानिएर कति
देशै रोएको छ आज तिम्रो मृत्युप्रति ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button