आहा ! हेर न हिउँको पछ्यौरी ओढी हिमाल लजाएको, मयुरले पङ्ख फिँजाएको
प्रकृति
कृतिका दहाल
काठमाडौं फरेस्ट्री कलेज
बहुमुल्य वृक्ष र वन्यजन्तुको वासस्थान हो प्रकृति
हामीले फेर्ने सास र बसोबासको आधार हो प्रकृति ।
पर्यावरणीय सन्तुलनको निर्धारित हाँगा हो प्रकृति
खोला, खोल्साजस्ता अन्य श्रोतको छाँगा हो प्रकृति ।
कलकल बहने नदीको आवाज प्रकृतिमा गुन्जिन्छ
चिरबिराउँदा चराको ध्वनि जङ्गलैभरि फिजिन्छ ।
आहा ! हेर न सेतो हिउँको पछ्यौरी ओढी हिमाल लजाएको
प्रकृतिको अलौकिक मोहले होला मयुरले पङ्ख फिँजाएको ।
कस्तुरीको मीठो सुवास तस्कर गर्दै छन् रे पापीहरू
एक सिङ्गे गैंडा र हात्तीहरू लोप हुँदै छन् र कसो गरुँ ?
मानव र वन्यजन्तु द्वन्द्वबारे सुन्दैछु देशैभरि हल्ला,
यस्तो धन्दा ठप्प पार्न सरकार, दिनुपर्यो दीर्घकालिन सल्लाह ।
गुहारिरहेछन् ती निर्दोष प्राणीले आफ्नो अस्तित्व जोगाउन
चाहेका छैनन् ती वृक्षहरूले आफ्नो बहुमुल्य आँसु बगाउन ।
सुरक्षित र व्यवस्थित बनाउनुपयो सरकार ती संरक्षण क्षेत्रहरू
संरक्षण संवर्धनलाई अंगालौं खोली यी हाम्रा दुवै नेत्रहरू ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)