विज्ञानले पत्ता लाउन नसक्ने जोखेर नजोखिने माया आमाभित्र हुन्छ
आमा
दीपिका कार्की
नौ महिना गर्भमा राख्चिन् आमा
अनेकौ दुख कष्ट सहन्चिन् आमा
आफू भोको भै सन्तानको पेट भर्छिन् आमा
सन्तानको खुसीका लागि आफ्नो खुसी के हो बिर्सिसक्छिन् आमा
आफ्नो साडी च्याती सन्तानलाई दौरा सिलाइदिन्छिन् आमा
आफ्ना लालाबाला रुदा सँगसँर्ग रुन्छिन् आमा
आफ्नो बच्चाभन्दा प्यारो कोहि छैन भन्ठान्छिन् आमा
थाकेको, बिरामी शरिर नभनी खाना पकाउँछिन् आमा
आफ्नो सन्तानलाई कसैले केही भन्यो भने झम्टिनछिन् आमा
आफ्नो सन्तानको भविष्य कसरी उज्वल बनाउने भन्ने सोचमा डुब्छिन् आमा
सन्तानको कुभलो नसोच्ने मात्र एक छिन् आमा
सन्तानको इच्छा,चहाना पूरा गर्ने क्षमता छ आमामा
विज्ञानले खोजेर पत्ता लाउन नसक्ने जोखेर नजोखिने माया आमाभित्र हुन्छ
सन्तानलाई हौसला दिने नि आमा नै हुन्
सन्तानलाई गाली गर्ने, झपार्ने, पिट्ने पनि आमा नै हुन्
सन्तानले नभने पनि सन्तानको मनको कुरा त्यसै थाहा पाउँछिन् आमा
सन्तानबाट एकै पल टाढा बस्न सक्दिन्न आमा
सन्तानको लागि जस्तोसुकै बाधा पनि झेल्न सक्छिन् आमा
निस्वार्थ प्रेम सन्तानलाई गर्छिन् आमा,
त्यसैले त आमालाई ममताकी खानी भन्ने गरिन्छ ।
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)