तिम्रो प्यास अमृतले पनि मेट्न सक्दैन मेरो
पवनकुमार बुढाथोकी
मलाई पनि अब तिमीसँग बस्ने रहर छ
तिम्रो दिलमा नै त मेरो मन पर्ने शहर छ ।
चन्द्रमाको जुन झैँ उज्यालो त्यो मुहार हेरी
तिमीसँग जीवन बिताउने नै मेरो ठहर छ ।
तिमी साथ हुँदा मन परेको मदिरा बिर्सन्छु
तिमी बिनाको पल मेरो लागि त कहर छ ।
तिम्रो प्यास अमृतले पनि मेट्न सक्दैन मेरो
तिम्रो अनुपस्थितिमा मेरो लागि सँधै जहर छ ।
जोसँग भए पनि छोडेरै म कहाँ आउ प्रिया
तिमी साथ भैदिए मेरो सधैँ सुनौलो नै प्रहर छ ।
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)