किशोरीको बयानः अझै अन्जान छु म मेरो लक्ष्यदेखि
कविता: लक्ष्य
दिपा कटवाल
पहिलो पाइला नचाल्दै
यात्राको भुमरीमा अड्केकी छु
मेहनतको खाँचोले होला
अझै अन्जान छु म मेरो लक्ष्यदेखि ।
देखेका सपना पुरा नहुने पो हो कि
बाआमाको पसिना उसै खेर जाने पो हो कि
सोच्दा टाउको दुख्छ
अझै अन्जान छु म मेरो लक्ष्यदेखि ।
भुमरीबाट छुट्कारा त पाउला म
तर कार्य गर्ने क्षमता पो नहुने हो कि
गरी कसरी खाउँला म
इच्छा शक्ति नै मरेसि
अझै अन्जान छु म मेरो लक्ष्यदेखि ।
गन्तव्य सामुन्ने आउँला
क्षमता टाढा जाला
पुर्ण हुँदा नपाउदै चकनाचुर होला
अझै अन्जान छु म मेरो लक्ष्यदेखि ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)