
याद आउँछ सपनीमा, नदेखेको धेरै भयो

राग विराग
तारा घिमिरे ‘स्वेच्छा’
सङ्खुवासभा
याद आउँछ सपनीमा, नदेखेको धेरै भयो
खै के भो स्मृतिपत्र नपढेको धेरै भयो ।
दिन बित्छ बल्ल तल्ल रात जान मुस्किल
अचेल भरी चौतारीमा नकुरेको धेरै भयो ।
बसिरहन मन छैन उडिजान सक्दिन खै
चाँडै भेट्ने मनको तिर्सना नमेटेको धेरै भयो ।
यो मनको आकाश पनि अध्यारो कता कता
पुर्णिामामा जून ताराहरु नहेरेको धेरै भयो ।
नबिर्सनु फुर्सद हुँदा भेट्न् आउनु कसैगरी
मन मन्दिरको आँगनीमा नटेकेको धेरै भयो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)