हारेर हेर, मायाको यादलाई टारेर हेर

मुक्तक

तारा श्रेष्ठ
विराटनगर–६, मोरङ

जीवनमा कहिल्यै हारेर हेर
मायाको यादलाई टारेर हेर
बुझ्ने छौ जब, मलाई आफ्नो
त्यो मनमा यो मन सारेर हेर ।

मुटुभरिको माया दिएकै थिएँ
तिम्रा सारा पीरहरु लिएकै थिएँ
अजम्बरी माया बुझेनौ नि तिमीले
सधैँ साथ दिने कसम खाएकै थिएँ ।

तिमीले दिएका चोट दबाएर राखेको छु
फाटेको मन पनि सिलाएर राखेको छु
नदिनु थियो पीडा मलाई, दिएर गयौ प्रिय!
टुक्रिएको मुटु जोडी छुपाएर राखेको छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button