
एक यात्री हु म संसारमा भौतारी हिँडेको, सनातनलाई भुली संसारमै झुलेको

कमला केसी
एक यात्री हुँ म संसारमा भौतारी हिँडेको
सनातनलाई भुली संसारमै झुलेको ।
खुशी, शान्ति र आनन्दमा बिर्को लागिगो
माया, मोह, लोभमै जीवन सकिन लागिगो ।
जति पाए पनि गरिएन महसुस पुगेको
कति भए पछि खुशी हुन्छु भनी दौडेको ।
भएको प्रति धन्य भै खै त शान्त भएको
मनको पिडाले धमिरा लागे झै शरीर खाएको ।
शरिरमा पीडा मन छट्पटी छैन प्रेम भाव
कसरी आउँछ जीवनमा आनन्दको बहाव ।
हे ईश्वर सारा तिम्रै के चढाउँ तिमीलाई
चढाउँछु त केवल एउटै भाव अहिलेलाई ।
एक यात्री हु म संसारमा भौतारी हिँडेको
सनातनलाई भुली संसारमै झुलेको ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)