मग्मगाउने फूललाई पनि भोलिको थाहा छैन

गजल

कमला घिमिरे
लमजुङ, बेशिसहर, हालः टोखा–७, काठमाडौं

घडा भरी भएपछि बाँकी सबै पोखिने हो
प्रत्येकको व्यक्तित्व आफु अनुसार जोखिने हो ।

मग्मगाउने फूललाई पनि भोलिको थाहा छैन
मन्दिर हो या मुर्दा, केका लागि सजिने हो ?

भिडमा जीउ र अनिकालमा बीउ जोगाउनु रे
हतार गर्नुहुन्न त्यहाँ एकछिन आफै रोकिने हो ।

सुखमा कैयौं हितैषी र आफन्तको साथ हुन्छ,
दुखमा कोही भेटिन्न पत्थरसँगै ठोकिने हो ।

बिना स्वार्थ कसैले कसैलाई केही गर्दैन
अर्काको आश गर्दै ब्यर्थै किन झोक्किने हो ।

हावा, पानी र प्रकृतिले उच निच छुट्याएन
जात भातको कुरा छाडी मनस्थिति चोख्खिने हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button