
पटक्कै ज्यान नतातेर कष्ट हुन्छ राती

मित्र ‘उराठी’ गौतम
मङ्सीरमा नै काठमाण्डौँमा जाडो पुग्यो माथि ।
पुष, माघ कसो गरि बिताउने हो साथी ??
शुन्य कोठाभित्र पस्दा विरक्त नै लाग्छ ।
यो मौसममा एक्लै भन्दा युगल हुनु जाती ।।
टोल छिमेक सडकभरि व्याण्ड बाजा बज्दा,
अनयासै आफ्नो किन दुखिरहन्छ छाती ??
दिनभरि त व्यस्तताले खासै आभाष हुन्न ।
पटक्कै ज्यान नतातेर कष्ट हुन्छ राती ।।
कति बस्नु यसै अब ? यौवन ढल्किसक्यो ।
कहिले पर्ला उराठीको शिरमा जौँ तिल पाती ??
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



