मरेपछि चेतना कहाँ हुन्छ र ?
लक्ष्मी मैनाली पाठक
म मरेपछि आँसु नझार्नु प्रिय
जिउँदैमा झार्नु झर्छ भने
म जिर्ण हुँदा सम्हाल्नु बरु
मर्मतको टेको थामेर पनि ।
अबिर र सिंदुरले नरङ्याउ मलाई
बाँचुन्जेल शिरमै सजिनु तिमी
फुलमालाले नसजाउनु मेरो लासलाई
जिउँदैमा गलाको शोभा बन्नु ।
लासमाथि लावा नछर्नु प्रिय
मरेपछि चेतना कहाँ हुन्छ र ?
जति साथ थियो त बाँचुन्जेलको
लासमाथिको प्रेमले के गर्छ र ?
चितामा राखेको लास माथि
आगोको तातो लप्का थाम्नु
म जलेर जब खरानी बन्छु
तिम्रै मुटुको ढुकढुकीमा छाम्नु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)