न त भगवानको डर, न त आर्यघाट जाने चिन्ता !
हराएको मन
रुविना आचार्य
कठोर शब्द, निर्दयी वचन
अभद्र व्यवहार, अनावश्यक तिरस्कार
रिसै रिस, डाह नै डाह
तान्दै खुट्टा, चिप्लदै पाइलाहरु ।
मनमा लुकेका अनगिन्ती भावहरू
दिमागमा लुकाइएका कैयौं यक्ष प्रश्नहरु
न त देखाउने ठाउँ, न त पोखिदिने ठाउँ
कहिले … साँच्चै कहिले ?
केवल एउटा मै भनौदोले दौडाएको हाम्रो परिवेश
मायामा भौतारिएको हाम्रो थल, कलकल बग्ने त्यो प्रदुषित जल
न त भगवानको डर, न त आर्यघाट जाने चिन्ता
चिन्ता र चिताको खरानीमा मात्रै भेटिएको मन
कहिले … साँच्चै कहिले ?
अगाडि बढाउ भन्छु, चुनौतीको अग्लो शिखर छ
पछाडि फर्किन्छु भन्छु, हिलोको त्यो दलदल
न त मनलाई खरानी पार्न सक्छु, न त बिदा नै गर्न
चढ्न खोज्छु सामाजिक परिवेशले दिदैन, फोर्न सामथ्र्य छैन
ऊफ ! ऊफ ! ऊफ ! हराएको मेरो मन
कहिले … साँच्चै कहिले ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)