शब्दको जिन्दगीमा निम्तिने पीर

सत्यराम कासिछ्वा
सूर्यमढी-९, भक्तपुर

शब्द व्यक्तिको जिन्दगी
जिन्दगीको हरक्षणमा शब्द व्यवहार
दुःख पिडामा कहिले हास्य त कहिले व्यंग्य
त्यसैमा हुन्छ शब्दको व्यवहार
उमंग रोमाञ्चकतामा नि शब्दको रस
जीत र उल्लासको भावमा नि
हुन्छ जीवन सार्थक बनाउन शब्द ।

जबसम्म हुन्छ संसार
तबसम्म हुन्छ शब्द व्यवहार
प्रजातन्त्रको उदय होस् या निरंकुशताको अन्त्य
त्यसको लागि चाहिन्छ शब्दको व्यवहार
विश्वमा युद्ध वा शान्ति
त्यो नि शब्दकै करामत
आज युक्रेन रसियाको युद्ध
शब्द व्यवहार नमिल्दाको परिणाम ।

जनता शब्दका सर्जक
जनताको आकांक्षा, मनाेभाव आवश्यकता नै
शब्द सिर्जनाको आधार
सिर्जित शब्दको अपेक्षा
हुने गर्छ व्यवहारमा परिवर्तन
अनि परिवर्तनका लागि मापन
चुनाव वा क्रान्ति ।

यहाँ शब्दको होइन चुनाव
जसले बढी खर्च उही उम्मेदवार
जसले पैसा बाँडफाँड
जीत उसैको पोल्टामा
शब्दहरू नोटमा चल्बलाउन थाल्दा
शब्दको भोटमा व्यापार
यहीँ व्यापारले लियो
पीरको जन्म ।

क्रान्ति नेतृत्वको अवस्थामा
परिवर्तनको लागि भयो व्यापार
निमुखाको रोजीरोटीले आज
शिक्षा दिन नसकेको पीर
शिक्षा जीवन्त नहुँदा
विदेश पलायनको पीर
आधारभूत आवश्यकता गर्न नि
सर्वसाधारण जनताको पीर
पीरको चीरकालिन अवस्थाले
नेतृत्वको नहोस् शिर छेदनको चित्रण ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button