पैतालाको चप्पल पटक पटक गाँसेको छु

रोशन राई

हजार चोट बोकेर हिँडेकै छु
हजार सपना सजाएर बाँचेकै छु
कति दुख पिडा दिनछौ देऊ
आखिर सहने बानी परेकै छु ।

मनको हजारौं पीडाहरु भोग्दै बाहिर हाँसेको छु
शरीरबाट सास छुटेको छैन म बाँचेको छु
के थाहा ती अन्जान व्यक्तिहरुलाई मेरो विगत
पैतालाको चप्पल पटक पटक गाँसेको छु ।

दुनियाँले त शरीर हेरेर मजबुत देख्दैछ्न् मलाई
तर देख्नेलाई के थाहा म कति थाकेको छु
बढ्दो उमेरसँगै सपनाहरु देख्न छोडिसकेँ मैले
बिर्सेको छैन परिवारको खुशी मनमा साँचेको छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button