वारीका केही मुख्य मानिसको पारी प्रेम

लघुकथाः अब भिड नगर्नुस्

विवेक दुलाल क्षेत्री दमक

साधारण अर्थमा पारी र वारी शब्द उतिकै महत्वका थिए । तर पढ्नेहरुले पारी शब्दलाइ बढी नै महत्वसाथ लिन्थे । अझ कुटनीतिका अभ्यस्त कुस्तिबाजहरुले त पारी भन्नाले स्वर्ग भेटेको अथवा मरुभुमिमा कुवा नै मिलेको भनेर गुणगान गाउँथे । तर जति पनि आफैलाई पारीबाट धन्य बनाउँथे, ती वारीका थिए । तर किन किन तिनीहरुले आफू वारीको भएर पनि वारीको महसुस गरेनन्, शब्दका पारखीहरुले बुझ्न नसकेको कुरा यहि थियो ।

पारीहरुका पनि घुम्न वारी आउँथे, बिना होहल्ला । कहिलेकाही त वारीको केन्द्रलाई उपेक्षा गरेरै वारीको किनारामा तिर्थाटनको निुहँ गरेर डुल्थे । वारीलाई सकश हुन्थ्यो । भक्ति गाउन किनारामा पनि पुग्थे वारीकाहरु । पारीलाई वारीको समर्पण देखेर अझ कसरी यिनिहरुलाई आ–आफूमा अल्झाएर फाइदा लिन सकिन्छ भन्ने भित्री चाहना हो कि भन्ने, नदेखाए पनि देखिन्थ्यो ।

वारीका मुख्य मुख्य केही मानिसको पारी प्रेम बारेको केही झल्कोहरु यसप्रकार छन् ।

पत्रकारः हजुर त यताको मानिस, कुन अमुक कुराले उताको कुरालाई जोड दिएर बताइरहनुभएको छ ?

वारीको कः त्यसो होइन, वारीको हित र सम्बर्द्धनकै बिषयमा रहेर मैले गफ गरेको हो, तर अरु नै त्यहाँ गए पनि भन्ने त त्यही नै हो ।

पत्रकारः तपाइहरुको चाहिँ यस्मा के मत छ ?

वारीको खः हुन त हामी माथि छैनौं ,तर पारीको सदासयता हामीमा बिस्तारै देखिदैछ, जब हामी केन्द्रमा हुन्छौ, हामीले वारीका जल्दाबल्दा बिषय उठान गर्नेछौ त्यो बेला ।

पत्रकारः (सम्वाद सुन्ने नागरिकहरुलाई इङ्गित गर्दै) कार्यक्रम सकियो । अब भिड नगर्नुस ।

वारीभक्त नागरिकहरुः (हिँड्दैहिँड्दै) हामीलाई थाहा छ यिनका कुरा, यो सबै कुर्सीको लागि हो, यिनीहरुलाई वारीको माटो र हाम्रो रत्ति पनि भर छैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button