
झिकेर मुटु सिएकै हो तिम्रै नाममा
नारायण घिमिरे
लेखेर पत्र दिएकै हो तिम्रै नाममा
झिकेर मुटु सिएकै हो तिम्रै नाममा
अझै पनि गुनासो किन हो प्रीयतम
भरपुर जहर पिएकै हो तिम्रै नाममा ।
…
पाठक श्रोता भगवान हुन मैले पुजेकै छु
आदर श्रद्धा गर्नु पर्छ भन्ने बुझेकै छु
ताली गाली जो छ मिलोस सेवा चरणमा
हजुर बिना सहि न्याय हुन्न सुझेकै छु ।
…
बोल्दा बोल्दै कता कति चिप्ली झरे भने
नजानेर शब्द भन्डार वाक्क परे भने
क्षमा माफी दिनुहोला नियत खोट छैन
बोलाउँदा मर्यादामा भुल गरे भने ।
…
केलाएर शब्द शब्द लेखिदिनु होला
क्यामराको आँखाबाट देखिदिनु होला
एकमुष्टमा अनुरोध छ पत्रकार ज्यूलाई
यो माटोको हित हेरि लेखिदिनु होला ।
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



