
प्रभावले पारेका अभावहरु अभाव होइनन्
पुगेनवानेम फागो
अभावले
प्रभाव पारेका
अभावहरु ।
खोज्न नजानेका
बुझ्न चाहेका
तर नभेटिएका
सवालका
जवाफहरु ।
अलमलिएको
रुमल्लिएको
छ जिन्दगी
तर पनि
अनवरत यात्रामा
खोक्रो आदर्शका
वस्त्र पहिरिएर
हिँडिरहेछ
रवाफहरु ।
देखेर उसलाई
लोभिएको
मन
अब
प्रभावले
पारेको छ
अभावहरु ।
थाहा छ मलाई
यी प्रभावले
पारेका अभावहरु
अभाव होइनन् ।
तर प्रभावले
पनि त
हृदयभावलाई
जगाँउछ
भने
अब ती
प्रभाव रहेनन् ।
भेट्न मन
भएको
बुझ्न चाहेका
तर नभेटिएका
सवालहरुको
पनि
दृढ संकल्प
अठोटको
प्रयासहरुले
भेटिन्छन्
जवाफहरु ।
तिमीसम्म
आईपुग्न
यति त
गर्नु नै छ
मन्थन
गर्दैछ
मनोभावहरु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



