
प्यार गर्छु भन्दै ढाँट्न सिकाएकै तिमीले हो
गजल
लीलाराज दाहाल
वागमती, सर्लाही
पिरतीको डोरी बाट्न सिकाएकै तिमीले हो
प्रेम सभामा भाषण छाँट्न सिकाएकै तिमीले हो !
एक्लै एक्लै यात्रा गर्थें जिन्दगीको राजमार्गमा
सँगसँगै बाटो काट्न सिकाएकै तिमीले हो !
नदेखेको जस्तो गरी आँखा छोप्थ्यौ पछिबाट
सम्झनाको रुमाल साट्न सिकाएकै तिमीले हो !
पुगिसकें तिमीबाट धेरै धेरै टाढा आज
प्यार गर्छु भन्दै ढाँट्न सिकाएकै तिमीले हो !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



