एउटा कविको ‘प्रश्न’

आर.एम्. डङ्गोल

तिमीले अझै
मेरा प्रश्नहरूको जवाफ
दिएका छैनौ

त्यसैले साँझमा
प्रश्न ओढेर निदाएँ
विहानै प्रश्न पट्याएर ब्युझिएँ
र, यतिबेला
प्रश्न बोकेर उभिएको छु तिम्रो सामु

प्रश्न
तिम्रो रुची र स्वभावसँग सम्बन्धित छ
तिम्रो नश्ल र वर्णसँग सम्बन्धित छ
तिम्रो लिङ्ग र जातसँग सम्बन्धित छ
तिम्रो विचार र आस्थासँग सम्बन्धित छ
यत्रो समय लगाएर
तिमीसँगको सङ्गतमा
म प्रश्न गर्न सक्ने भएको छु
प्रश्न गर्न सक्ने सामथ्र्य
मैले तिमीबाटै प्राप्त गरेको हुँ

तर तिमीले
मेरा प्रश्नहरूको जवाफ
अझै दिएका छैनौ
र, गरिरहेछौं
प्रश्न गर्ने मेरो अधिकारमाथि
घृणित राजनीति

तिम्रो राजनीतिक नियतमाथि हो मेरो प्रश्न ।


(प्रिय साथी !
तपाईं पनि डङ्गोलजीले जस्तै आफ्ना प्रिय वा अप्रिय याद, घटना र अनुभवहरुलाई कविता, कथा, निबन्ध वा अन्य कुनै पनि रचनात्मक रुपले लेख्नुस् । र, पठाउनुस् नेपालनाम्चाको कलाक्याफेमा । तपाईंकै लागि हो कलाक्याफे । र, nepalnamcha@gmail.com कलाक्याफेको इमेल । सम्पादक)

3 Comments

  1. K.ma pani mera poems laai tapaaiko baata prasaaran garna paauxu:?
    Please sent me massage in my messenger.

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button