
… तर काँडा भएको त्यो फूल टिप्न किन डराउँछौ ?
तिमी र म मा फरक
आभा खनाल
फरक छ नि
तिमी र म मा
तिमी फूल मनपरे टिपेर लान्छौ
र, म त्यो फूल मनपरे त्यसलाई फुल्न दिन्छु
तिमी त्यो फूल प्रयोगमा ल्याउँछौ
र, म त्यसलाई त्यसको जीवन जिउन दिन्छु ।
तिमीलाई गुलाफ मनपर्छ रे
तर काँडा भएको त्यो फूल टिप्न किन डराउँछौ ?
तिमीलाई अन्धकार मनपर्छ रे
तर तिमी उसको आँखाको त्यो ज्योतिमा किन हराउँछौ ?
तिमी आकाशको नौलाखे तारा हेरेर आहा त भन्छौ
तर त्यो एउटा मात्र जुनको चमक किन देख्दैनौ ?
तिमी उसको सुन्दरताको बारे वर्णन त धेरै गर्छौ
तर अरुको अघि उसको बारे एक शब्द मात्रै पनि किन लेख्दैनौ ?
यही कुरा त पहिलेदेखि नै मैले भन्न चाहेको थिएँ
तिमी र म मा यस्तै अनेकौं फरक पाएको थिएँ
थाहा छ मलाई तिमी भन्न चाहन्थ्यौ पहिलै
तर मनको भावना बाहिर किन भन्दैनौ कहिल्यै ?
तर मनको भावना बाहिर किन भन्दैनौ कहिल्यै ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)