
सबै मुर्ख छैनन्, सहि-गलत छुट्याउने मान्छे पनि छ्न्
मनका कुरा
शान्ति तिमल्सिना
मान्छे किन खुशी हुन सकेन ? किन दुखी भयो ?
भौतिक सुख मात्रै सुख हैन रहेछ । खुशी त आफै हुनुपर्ने रहेछ । आफुले आफैलाई मनन गर्न सक्नु पर्छ अनि मात्रै आफुलाई चिन्न सकिन्छ । आफैलाई कमजोर ठान्नु नै ठुलो गल्ती रैछ, त्यो मैले महसुस गरेको छु ।
कसैको मन नदुखोस् र आफ्नो कारणबाट कसैलाई केही नहोस् भनेर चुप बस्दा नि कसैको हेपाइ र अपमान सहनु पर्ने यो समाजको नियम नै हो कि जस्तो लाग्छ । यहाँ त जतिसक्दो झगडालु र ईष्र्यालु बन्न सक्यो त्यति नै राम्रो हुने देखियो । अरुलाई नराम्रो बनाएर, कुरा काटेर आफू राम्रो बन्नेको जमात छ । जति नै राम्रो काम गरे पनि कोहि असल मान्छे बदनाम भएको देख्दा लाग्छ, अन्तर्ध्यानमा पनि भगवान छैनन् कि के हो ?
तर, राम्रो अनि नराम्रो कर्म अनुसारको फल पाएको देख्दा ईश्वरले हेरेका छ्न् जस्तो लाग्छ । कसैले नराम्रो गरे, मन दुखाए आफुले जवाफ दिनु पर्दैन, समयले दिने रैछ । मान्छे महान अहंकारले हैन, स्वाभिमानले हुँदा रहेछन् भन्ने संसारिक परिवेशबाट थाहा भैसकेको छ । त्यसैले अरुको नराम्रो कुरा गरी आफू सहि छु भन्ने कसैले नसोचौं ।
सबै मुर्ख हुँदैनन् । सहि के हो र गलत के हो भनी छुट्याउने विवेकशील मान्छे पनि छ्न् । तसर्थ आफ्नो इज्जत आफै नफालौं, अरुलाई बदनाम गरेर ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



