
दिदीले मध्यरातमा भुत भेटेपछि के भयो
कल्पनाः फुच्चेको संस्मरण
सुमित्रा श्रेष्ठ
दिदी र भाइ थिए। घर छुट्टाछुट्टै भए पनि खाना एकै ठाउँमा खान्थे । घट्ना शुरु भएको मात्र हप्ता भयो । फुच्चे सधैं दिदीलाई कचकच गर्थ्यो, ‘म यहि घरमा बस्छु तिमी जाउ दिदी सुत्न त्यो घरमा । म त्यहाँ सुत्न सक्दिन । अस्ति साथीले भनेको ढोकामा त भुत बस्छ रे त । म कसरी सुतौं एक्लै । म जान्न त्यहाँ ।’
भाइको कुरा सुनेर दिदीले ‘ठिक छ आज म जान्छु’ भनेर पल्लो घरमा गई । पल्लो घरको आगनमा पुगेर सोच्छिन्, ‘भुत कहाँबाट आउदो रहेछ हेरौ’ भनेर भर्याङमा बसी । रातको बाज बजेर पैतालिस मिनेट गइसक्दा पनि भुतको पत्तो थिएन । सुत्ने तयारीमा लागी । त्यति नै खेर एउटा बुढो मानिस चुरोट सल्काउँदै आएर सँगै बस्यो । दिदीले भुतको बारेमा बुढालाई सोध्ने विचार गरी ।
त्यहि बखत चुरोट सल्काउँदै बुढाले भन्यो, यति रातिसम्म किन नसुती बसेको नानी ? दिदीले भाइसँगको वार्तालापको वृतान्त सुनाई र आफु भुतसँग भेट्न आएको कुरा पनि । ‘बाजे के तपाइलाई भुतको बारेमा केहि थाहा छ ?’ दिदीले बुढालाई सोधी । यो सुनेर बुढाले चुरोटको ठुटो निभाउँदै लामो सुस्केरा हाल्दै उतर दिए, ‘खै ! म के भनु नानी भुत कस्तो हुन्छ ? यहाँ आउछ कि आउँदैन ? आफु त ५ वर्ष अगाडि नै यहाँबाट बिदा भइसकेको हो ।’
त्यति भन्दै बुढा अलप भए ।
विचरी ! दिदीको त्यसपछि होस हवास उड्यो । ‘मेरो भाइ’ भन्दै सुतिरहेको भाइतिर दिदी दौडिन् । दिदीको आवाजले भाइको निद खुल्यो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



