
म किराहरुको गीत सुनिरहन्छु
कविता
समय
झरी परेका रातहरुमा
म किराहरुको गीत सुनिरहन्छु
सुटुक्क कौसीमा बसी
एक्लै एक्लै ।
किराहरुको किरिङ्ग मिरिङ्गले
मलाई अझै आफ्नै नजिक पु-याउँछ
यो मन
चिसो अँध्यारोमा
तलाउको पानीजस्तै शान्त भईदिन्छ
अनि म फुकाईदिन्छु कहिलेकाहीँ
निकै जतनसाथ राखेका
तिमीसँगका प्रेमिल सम्झनाहरु
छरपस्ट
अँध्यारा
प्रस्तर
गल्लीहरुमा ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



