
मस्त मनकारी मिना
नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ मोडलवाचमा मिना सिङ्गक । उनको स्थायी ठेगाना तेह्रथुम जलजले हो । तर, गीतकार सिङ्गक प्राय धरानमै बस्छिन् । समाजसेवी मिना इभेन्ट मेनेजर पनि हुन् । याक्थुङ सिङ्गक फाउन्डेसन र धरान नाटकघर आर्थिक उपसमितिकी अध्यक्ष उनी मिस लिम्बु व्युटी पिजेन्टकी उपाध्यक्ष पनि हुन् । ‘मस्त र व्यस्त उनी उत्तिकै मनकारी छिन्’, मिनालाई चिन्नेहरुले भन्ने गर्छन् ।
यदि तपाईं पनि मोडलवाचमा समेटिन चाहनुहुन्छ भने आफ्ना तस्विरहरुसहित छोटकरीमा आफ्नो परिचय र सम्पर्क ठेगाना नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउन सक्नु हुन्छ ।
हाम्रा लागि तपाई प्रत्येक मानिस मोडल हो । सम्पादक ।













