स्वस्थ बृद्धवस्थाका लागि योगको सार्थकता ?

“Yoga for Healthy Ageing “ अर्थात् स्वस्थ बृद्धवस्थाका लागि योगको सार्थकता ?

हरेक वर्ष मनाइने अन्तराष्ट्रिय योग दिवसको पावन अवसरमा यस वर्ष १२ औ वर्ष परेको छ । यो Jun 21 असार ७ का दिन विश्वको धेरै देशहरूमा एकै साथ योगका आसन व्यायम र प्राणायामहरू सम्पन्न भएका छन् । विश्व गुरुहरूको विशेष पहलमा यस पटक भगवान शिवको वासस्थान मानिएको मानसरोवर कैलास पर्वतमा समेत योगका अभ्यासहरू सम्पन्न गरिएको छ ।

मानव सभ्यता सॅगसॅगै मानव चेतनामा ल्याएको अनौठा अनुभूतिहरूको सॅगालो नै स्लोगन हो । संयुक्त राष्ट संघद्वारा अन्तराष्ट्रिय रूपमा विगत १२ वर्षदेखि निरन्तर मनाउॅदै आउनु र प्रत्येक वर्ष सुनौलो भावना जोडिएको स्लोगन दिनुले जनजनमा अझ खुसीयाली बढाएको महशुस गर्न सकिन्छ ।

यसैक्रममा यस वर्षको विश्वप्यापी नारा बनेको छ Yoga for Healthy Ageing जसको नेपालीमा रूपान्तरण गर्दा “स्वस्थ बृद्धवस्थाका लागि योग “ भन्न सकिन्छ
जव मानिसहरू उमेरले बढ्दै जानुहुन्छ समस्याको जालोभित्र पोको पर्दै जाने र शरिरभन्दा मन बढी सन्चालन हुने भएकोले पनि हुन सक्छ अधिकांश मानिसहरूमा मानसिक कमजोरी आध्यातॅमिक चेतनामा कमि, शारीरिक दुर्वलता देखिन थाल्दछ । यसका विकल्पमा विभिन्न ऋषि महर्षिहरूका दिव्य वाणिहरू सुन्ने र सुनेका कुराहरूलाई आफैंभित्र अनुभूतिगर्ने र दैनिक जीवनमा लागुगर्दै जाने हो भने अवस्य यो नाराले सार्थकता पाउने नै छ ।

हामीलाई जीवनको पहिलो खुट्किलादेखि नै विभिन्न कुराहरू सिकाउने क्रममा घर परिवार, समाज , छिमेकी आफन्त लगायत स्कुल कलेज विश्वविद्दालय सबैतिर क्रमैसॅग योगका शिक्षा दिदै आध्यात्मिक चेतना बढाउॅदै लैजाने हो भने पक्कै बृद्धवस्था सम्म शारीरिक मानसिक र आध्यात्मिक उर्जा जागृत हुने र दुर्वलता कमजोरी पन हटेर जाने । मन शान्त रहने । तन स्वस्थ हुने चेतनामा आनन्दपन आउने छ । जसका कारण घर परिवार छिमेक हुदै देश विदेश सम्म मेलमिलाप भाइचारा अपनत्वपना एक अर्कामा माया ममता सद्भाव सहयोग सदाचारको बढवाले स्वर्गिय आनन्द हुने र पाप कर्म हुनबाट बच्न बचाउन सकिने छ । समाजमा हुने जघन्ने अपराधहरू निरूत्साहित हुदै जाने र सुख शान्ति समृद्धि फैलदै जाने भएकोले हरेक कर्ममा कुशलता हासिल हुने कुरामा दुईमत रहने छैन ।

“ॐ सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु। मा कश्चिद् दु:खभाग्भवेत्” ।।

सबै सुखी रहुन् सबै खुसी रहुन् दु: ख कसैलाई नपरोस् सबै निरोगी रहुन् सबै भद्रभलाद्मी देखिउन् भन्दै गर्दा “ स्वस्थ बृद्धवस्थाको लागि योग “ भन्ने नाराले यसै मंगलकामना मन्त्रलाई पून: परिपूर्णता दिलाउन खोजेको छ । मानिस हरेक परिस्थितिमा हरेक अवस्थामा हरेक दृष्टिकोणबाट स्वस्थ रहन आवस्यक छ र स्वस्थ मानिसबाट नै समृद्ध देश निर्माण गर्न सकिन्छ ।

राधिका पन्त
पूर्णकालिन योग प्रशिक्षक

….

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button