किन जनताले नै दुःखको मूल्य चुकाउनुपर्छ?

देवराज अर्याल ‘छट्पट्टि ‘

कसैले क्रान्तिको गीत सुनायो,
कसैले विकासको चित्र बनायो।
तर भोकै पेटको आवाजमाथि,
फेरि भाषणको पर्दा तानियो।

बलु,
कता कालेले छिमेकीको सिमाना मिच्यो,
कता पूर्व कि पश्चिम देशले आत्मा बेच्यो।
राता, काला, निलो सबै एउटै भए,
कुर्सी जोगाउन हातेमालो गर्दै गए।

जनताले सोधे—
“हाम्रो पालो कहिले आउँछ?”
उत्तर फेरि नारामै बिलायो,
आशा फेरि भीडमै हरायो।

सडक उज्यालो भयो भन्छन्,
तर उज्यालोमा बाँच्न पनि कर तिर्नुपर्‍यो।
हावामा सास फेर्न नापजाँच होला कि जस्तो,
गरिबको जीवन झन् कठिन बनिरह्यो।

सत्ता बदलियो, शैली बदलियो,
तर नियति बदलिन सकेन।
जनताको नाममा उठेका महलहरू,
जनताकै सपना माथि उभिन सकेनन्।

अब प्रश्न छ—
देश कसको लागि चलिरहेको छ?
जनताको लागि,
कि कुर्सीको आयु बढाउन?

यदि देश जनताकै हो भने,
किन जनताले नै दुःखको मूल्य चुकाउनुपर्छ?
फेरी उही घाउ !

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button