सल्यान सुन्दर, निर्दोष, सहयोगी र दयालु छ

देशको समग्र चित्र कोर्ने ‘नेपालनाम्चा’को राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोप्रति अगाध प्रेम प्रकट गर्नुभएकोमा त्रिवेणी गाउँपालिका, वडा नं-१ सल्यानका कल्पना पलकलाई धन्यवाद !

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
घर, जहाँ सबैभन्दा धेरै सुख अनुभूति हुन्छ ।

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभूति गर्नुहुन्छ ?
म यहाँ अर्थात् मेरो जिल्ला सल्यानमा जन्मिएर आफूलाई भाग्यमानी ठान्छु; किनभने म अहिले जे-जति छु, त्यो मेरै जिल्लाको परिणाम हो ।

३. बाहिरबाट आउने मान्छेलाई ‘यो चाहिँ हाम्रो ठाउँ हो’ भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
मलाई मेरो जिल्लाको कुपिन्डे ताल बाहिरबाट आउने मानिसहरूलाई देखाउन मन लाग्छ, जुन प्राकृतिक रूपमा निकै सुन्दर छ ।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
मलाई मेरो जिल्लाको सबैभन्दा गर्व लाग्ने कुरा यहाँका मानिसहरूले एक-अर्काप्रति गर्ने सहयोग, सद्भाव, मेलमिलाप र भाइचारा आदि हुन् ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
यहाँ जिल्लालाई विकसित बनाउने थुप्रै सम्भावनाहरू छन्; जस्तै: विभिन्न प्रकारका कच्चा पदार्थहरू, जडीबुटी लगायतका अन्य कुराहरू, जसको पूर्ण उपयोग हुन सकिरहेको छैन ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्‍यो भने, त्यो कस्तो स्वभावको हुन्थ्यो ?
मेरो जिल्लालाई मानिसजस्तै सोच्नुपर्‍यो भने यो सुन्दर, निर्दोष, सहयोगी र दयालु स्वभावको हुन्छ ।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुसी हुनुहुन्छ ?
भविष्यमा मेरो जिल्ला आत्मनिर्भर भएको र यहाँका प्रत्येक घरका मानिसहरू विभिन्न पेशा, व्यवसाय र रोजगारमा लागेको देख्न पाउँदा मलाई खुसी मिल्नेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button