
किताब पढ्दा मन फराकिलो बन्छ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा भोला आचार्य ।
१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
स्कुले जीवनसॅगै पाठ्यपुस्तकका पुस्तक पढ्ने शुरू भएको थियो । औपचारिक शिक्षा बाहेकका पुस्तकहरू पढ्न थालेको उच्चशिक्षा शुरूसॅगै हो ।
२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब पढ्नुपर्छ भन्ने भएपछी बाह्य कुरामा समय खर्च हुदैन । डुबेर पढ्न मन लाग्छ । समयको व्यवस्थापन नै अहिलेको चूनौति छ ।
३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
पुस्तक पढ्न वेलुकी मन पर्छ तर मनमा पढौं लाग्ने र समय भएमा जतिवेला पनि उपयुक्त हुन्छ ।
४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
सामाग्री अनुसार कौतुहलता जाग्दै जान्छ र मेडिटेसनको अनुभूति हुन्छ । ईन्फरमेसन प्राप्त हुदा आत्मवल बढेको जस्तो र ईम्याजिनेसनमा आनन्द प्राप्त भएजस्तो लाग्छ ।
५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
प्राय ननफिक्सन फिक्सन सवै खालका पुस्तकहरू मनपर्छ । ईतिहॅास, मोटिभेसनल कन्टेन्टका सामाग्रीहरू पढ्न रूची लाग्छ ।
६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
किताब पढ्दा मन फराकिलो बन्छ । बाहिरी संसार बुझिन्छ र आफैलाई पनि कसरी चिन्ने भन्ने आईडियाहरू थाहा पाईन्छ । आफुले आफैलाई चिन्ने कुरा त सामान्य होईन तर पुस्तक पढ्दा त्यसतर्फ उत्प्रेरित गर्छ ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
कागजी किताव नै मन पर्छ किनभने कागजी पुस्तकमा गहिराईमा डुबुल्कि मार्न सकिन्छ । कागजी पुस्तकको तुलनामा डिजिटल पुस्तक पढ्दा आकर्षित भएको जस्तो तर ध्यान कम जाने र पढेका सवै कुराको कम स्मरण हुने गर्छ ।
८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
अहिले मेरा लागी नियमित पढ्ने कुरा असम्भब जस्तै भएको छ । तर पनि मौका मिलेसम्म समय चोरेर पुस्तक पढ्ने कोसिस गरिरहन्छु । कहिलेकॅाही त लाईब्रेरीमा गएर दर्जन किताव लिएर आउछु तर सवै नपढेर कति फर्काईरहेको हुन्छु । सधैका लागी किनेका पुस्तक पनि प्राय जम्मा गर्ने र सजाउने मात्र काम भैरहेको छ ।
९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
मुख्य चुनौती भनेको त समय नै हो । अहिलेको दुनियाको डिजीटलयुगले पुस्तक बाहेकका अन्य सामाग्रीहरूमा अपडेट भएरै समय सकिन्छ । विशेष गरि सामाजिक संजालका सूचना सामाग्रिमै धेरै समय व्यतित भएको छ । नयॅा पुस्तक आयो भन्ने सूचनाहरू सजिलै पढिन्छ तर खास पुस्तक पढ्नको लागी तयारी घर्केर जान्छ ।
१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
पुस्तक पढ्दा कुराकानी गर्न ओपन र सजिलो हुन्छ । रेफरेन्सहरू प्रशस्त हुदा कुराकानीमा कन्फिडेन्स र प्रभावकारिता हुन्छ । र कुराकानी सरल र सहज पनि हुन्छ ।
११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
शुरूवात चै रूची रहेको विषयका किताबबाट गर्नुहोस । कुनै किताव रूची नलागे पुरै पढ्नुपर्छ भन्ने छैन । र कतिपय दोहर्याएर पढ्दा पनि बुझिने र आनन्द लाग्ने हुन्छ । एउटै फिल्म हेर्दा दोहोर्याएर हेरेजस्तै पुस्तक पनि दोहोर्याएर र बढी पढ्न मन लाग्छ ।
१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
पुस्तक शरिरलाई चाहिने खाने कुरा र व्यायम जस्तै हो । यसलाई अपनाउन सके यसको महत्व आफै बुझिन्छ । डिजिटल दुनियाले पुस्तक पढाईलाई पनि मद्दत नै गरेको छ । कहिलेकॅाही भने अनावश्यक व्यस्तता बढाईरहेको हुन्छ । पुस्तक पढ्ने बानी बसाल्न सके एक्लोपन, निरसता पनि हट्छ । सकारात्मक सोचको विकास हुन्छ । प्रेरणादायी कुराले जीवन उज्यालो बनाउछ । फ्रस्टेसन हटेर जान्छ । रोग लाग्नबाट पनि बचाउने मात्र होईन रोग लागेको वेला उपयुक्त पुस्तक भेटेर पढियो भने यसले थोरैमात्रामा औषधीकै काम गर्नसक्छ । पुस्तक पढाईबाट चौतर्फी फाईदैफाईदा छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



