कतिबेला मार्क्सले भने झै धर्म ‘अफिम’ बन्ने पक्का छ ?

धर्म होइन, सभ्यता र सँस्कृतिको जगेर्ना गरौंँ

आर के बस्न्यात (तुफान)

विश्वमा क्रिश्चियन राष्ट्र पनि धनी र प्रख्यात छन् । मुस्लिम राष्ट्रहरू पनि थुप्रै छन् । बौद्द्मार्गिहरु पनि छन् । सँसारमा आस्तिक र नास्तिक बन्न कसैले रोकेको छैन र रोकिनु पनि हुँदैन । धर्मलाई कुनै पनि राष्ट्रले स्वीकार्नुपर्छ भन्नेछैन । तर सभ्यताको रक्षा गर्न चुक्नु हुँदैन । मैले जाने वा जानिन आजसम्मको अध्ययनबाट हिन्दू एउटा सभ्यता हो भनेर निर्क्योल निकाले । संभवत यो सभ्यता अरु भन्दा पुरानो हो भन्नेमा सायद शंका छैन । यसको अर्थ हिन्दुमार्गिले गर्ने र गर्ने गरेका सबै चाडपर्व, रीतिरिवाज, सस्कार शतप्रतिशत ठिक छन भन्ने पनि होइन । वैज्ञानिक सुधार हुनुपर्छ । जातजाति, सानो ठुलो अनि छोईछिटो भन्दै कोही हेपिनु पनि हुँदैन । वैज्ञानिक आधारमा प्रमाणित भएका अनि प्रमाणिात हुन सक्ने चलन मात्र चल्नुपर्छ । हिन्दू सभ्यताको अध्ययन गर्दा जातजाति कतै पनि छैन । छुवाछुत आफैँले बानाएको रहेछ। पूजापाठ गर्ने नगर्ने आफ्नो कुरा हो । मन शान्ती पार्न कि औषधि खानु कि ध्यान जप, पूजा पाठ गर्नु भन्ने पुर्खाको अर्ती मानेको देखिन्छ । व्रत बस्ने चलनको अलि अस्तब्यस्त भएको जस्तो देखिन्छ ।

“ज्यान हेरेर व्रत बस्नु, औकात हेरेर दान गर्नु” भन्ने सिद्धान्त नै बैज्ञानिक छ । हिन्दु सभ्यतामा नारीलाई हेपेको देखिदैन बरु हेप्ने चलन पछि पाखण्डिहरुले चलाएका हुन् । पढेको अनि गहिरो अनुसन्धान गरेको व्यक्ति ब्राह्मण हुनुपर्ने भनिएको रहेछ । यहाँ त राजाको छोरो राजा भए जस्तो ब्राह्मणको छोरो ब्राह्मण भएको देखियो । यो हिन्दु सभ्यतामा पछि ब्राह्मणले गरेका महाभुल हो । हिन्दु सभ्यताले ध्यान गर, कर्म गर, योग गर, शंख र घण्टि बजाउ भन्छ । यहाँ शतप्रतिशत वैज्ञानिक कारण छ । जुन सभ्यताको जगमा हामी बाँचेका वा हुर्केका छौंँ त्यसको बिरुद्धमा कसरी जाने भन्ने आम रूपमा प्रश्न तेर्सिएको छ ।

क्रिश्चियन, बुद्ध, मुस्लिम, हिन्दु सबै समुहमा धेरै वैज्ञानिक तत्व घुसेका छन् । तसर्थ आफ्नो आस्था राख्ने अधिकार तपाई हामी सबैलाई छ । तर एउटा समुहले अर्को समुहलाई सत्तोसराप गर्ने चाहिँ न त्यो सभ्यता हो न त धर्म नै । त्यतिबेला चाहिँ मार्क्सले भने झै “धर्म अफिम” बन्ने पक्का छ ।

यहाँ लाखौं नास्तिक पनि हिन्दु सभ्यताको अनुसरण गर्दैछन् । जतिसुकै घमण्ड गरे पनि योग र ध्यान हिन्दु सभ्यताको देन हो । खान खानु अगाडि र पछाडि राम्ररी हात धुनु अवैज्ञानिक भन्न मिल्दैन । सफासुग्गर बस्नु, झुठो नबोल्नु यी सबै असल व्यक्तिमा हुनुपर्ने सस्कार हुन् । सुरुवाती यही थियो पछि कतिपय क्षेत्री, ब्राह्मणले यो सभ्यतालाई मागि खाने भाँडो बनाए । मानव मानव बिचमा छुवाछुतको द्वेष फैलाउने काम उच्च जात भनिनेहरुले गरे । हिन्दु सभ्यता नराम्रो होइन, व्याख्या गर्ने समुहको कमजोरी हो ।

मेरो बिचारमा नेपाललाई विश्वको एकमात्र हिन्दु राष्ट्र घोषणा गर्नै पर्छ । तर राजतन्त्रको नाम समेत लिनु हुँदैन । बौद्द्मार्गिको स्थान दोश्रो हुनुपर्छ । बाकीलाई जनसंख्याको आधारमा स्थान दिनुपर्छ । विश्वका करोडौंँ पर्यटक यहाँ भित्र्याउन सकिन्छ । भारतका करोडौंँ जनता एक पटक घुम्न नेपाल आउने वातावरण हुनेछ । नेपालले एउटा पहिचान बनाउनेछ जसरी अमेरिका, बेलायत, ईरान, पाकिस्तान, बङगलादेश जस्ता राष्ट्रहरुले पनि आफ्नो पहिचान बनाउँदै बाकी आस्था राख्नेलाई स्थान दिएका छन् । यहाँ आस्तिक, नास्तिक, बौद्द्मार्गी, कृश्चियन, मुस्लिम, बहाई सबै खाले आस्थालाई उच्च स्थान दिनुपर्छ किनकी हिन्दु सभ्यताको मुल ध्येय नै त्यही हो । अरुलाई आधार गर्दै करिब ९०% सनातन आस्था राख्ने मुलुकमा हिन्दु राष्ट्र भन्दा क कसलाई घाटा लाग्छ म जान्दिन तर नेपाल देशलाई भने १००% फाइदा हुन्छ । यदि नयाँ जनगणना गर्दा हिन्दू आस्थावानको संख्या घटेर अल्पमतमा पर्यो भने हिन्दु राष्ट्र हटाउँदा भैहाल्छ । यदि ८०% भन्दा बड्ता मुस्लिम वा कृश्चियन नेपालमा भएको भए धर्म निरपेक्ष हुन्थ्यो त ? यसको जवाफ कोसँग छ ? जनमतसंग्रह गर्ने हो भने पनि आँखा चिम्लेर हिन्दू सभ्यताको पक्षमा ८०% भन्दा बड्ता मत खस्छ । यहाँ अहिले धर्म निरपेक्ष भनेको एकले अर्कोलाई सिध्याउने अनि पुरानो नस्ट गरेर नयाँ धर्म वा आस्था भित्र्याउने खेल पो हुँदैछ । यस्तो क्रियाकलाप देशको बिरुद्धमा जानेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button