सम्झने भए पो सम्झनाको डोरी तन्काउनु

लक्ष्मी मैनाली

बिर्सिजानेसँग गुनासो के गरुँ
फर्केर आउने भए पो आँखाको बिस्कुन बिछ्याउनु
छाडेर जानेले त सबै उपहार दिएर गयो
रित्तिएको ढुकुटीमा खै कता सजाउनु ?
सम्झने भए पो सम्झनाको डोरी तन्काउनु
बिर्सेरै सम्झनेलाई खै कसरी सम्झाउनु
चुडालेरै यादका धागाहरु
खै कसरी दुरी घटाउनु ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button